PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

वीरेन्द्र हमाल निर्देशित नाटक ‘चक्षु’ देखाउँदै सकियो ‘बुद्ध थिएटर फेस्टिभल’



पहिलोपोस्ट

वीरेन्द्र हमाल निर्देशित नाटक ‘चक्षु’ देखाउँदै सकियो ‘बुद्ध थिएटर फेस्टिभल’

काठमाडौं: ‘बुद्ध थिएटर फेस्टिभल’ को तेस्रो संस्करण सम्पन्न भएको छ। वीरेन्द्र हमाल निर्देशित नाटक ‘चक्षु’ देखाउँदै यसपटकको फेस्टिभल समापन गरिएको हो।

चैत १३ गतेबाट जमलस्थित सांस्कृतिक संस्थान सुरु भएको महोत्सव ५ दिनसम्म चलेको थियो। महोत्सवमा नाटक ‘चक्षु’सहित बुद्धसम्बन्धी ६ नाटकहरु मञ्चन गरिएको थियो। साथै नृत्य नाटिका 'चण्डालीका' समेत मञ्चन गरिएको थियो।

समापन कार्यक्रममा बुद्ध थिएटर फेस्टिभलका निर्देशक पुष्कर गुरुङ, साँस्कृतिक संस्थानका महाप्रबन्धक अशोक राई, वाग्मती प्रदेश प्रदेश सदस्य दीपेन्द्र श्रेष्ठ, नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति नारदमणी हार्तम्छाली लगायतका व्यक्तिहरुको उपस्थिति थियो।

धार्मिक पर्यटनलाई प्रबन्धन गर्ने र बुद्धको ज्ञानलाई प्रचारप्रचार गर्ने हिसाबले सुरु भएको महोत्सवमा प्रदेश सरकारको पुर्ण साथ रहेको प्रदेश सदस्य दीपेन्द्र श्रेष्ठले बताए। उनले यस्ता महोत्सवलाई राष्ट्रिय स्तरमा मात्रै नभई अन्तर्राष्ट्रिय स्तरमा लैजानुपर्ने सुझाव दिए।

गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रंगमञ्चमार्फत विश्वमाझ चिनाउने उद्देश्यले सुरु भएको फेस्टिभल सफलतापुर्वक सम्पन्न भएको फेस्टिभल निर्देशक गुरुङले बताए। उनले आगामी दिनमा बुद्ध फेस्टिभललाई अन्तर्राष्ट्रियकरण गर्ने प्रतिबद्धता जनाए।

यो फेस्टिभल वाग्मती प्रदेश सरकारको सहयोग, सांस्कृतिक संस्थान र डबली थियटरको आयोजनमा भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell