PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

खेलमा पुनरागमन गर्दै नेपालले उचाल्यो थ्री नेशन्स कपको उपाधि [तस्विरहरु]

खेलमा पुनरागमन गर्दै नेपालले उचाल्यो थ्री नेशन्स कपको उपाधि [तस्विरहरु]

पहिलोपोस्ट /पहिलोपोस्ट


प्रधानमन्त्री थ्री नेशन्स कपको उपाधि नेपालले जितेको छ। लाओसलाई २-१ गोलअन्तरले पराजित गर्दै नेपालले उपाधि जितेको हो। खेलमा पुनरागमन गर्दै नेपालले जित हात पारेको हो।

खेलको १७औँ मिनेटमा लाओसले अग्रता लिएको थियो। २४औँ मिनेटमा आयुस घलानको गोलबाट खेल बराबरी गरेको नेपाललाई ८७औँ मिनेटमा मनीष डाँगीले गोल गर्दै जित सुनिश्चित गरेका थिए।

मनीषको गोल नै नेपालको जितका लागि निर्णायक बनेको थियो। खेलको इन्ज्युरी समयमा खेल तनावपूर्ण अवस्थामा पनि पुगेको थियो। लाओसका गोलकिपर र नवीन लामाबीच नोकझोक चलिरहँदा अनन्त तामाङ र सनिस श्रेष्ठ पनि मिसिँदा अवस्था तनावपूर्ण बनेको थियो। प्यारापिटबाट समर्थकहरुले पानीको बोतल प्रहार गरेका थिए।

 



ट्रेन्डिङ पोस्ट

Ncell