PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

आईपीएल: चेन्नइलाई हराउँदै गुजरातको सुखद सुरुवात



पहिलोपोस्ट

आईपीएल: चेन्नइलाई हराउँदै गुजरातको सुखद सुरुवात
Photo: IPL

इण्डियन प्रिमियर लिग (आईपीएल) शुक्रवारबाट सुरु भएको छ। भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा उद्घाटन खेलमा गुजरात टाइटन्सले चेन्नइ सुपर किंग्सलाई ५ विकेटले हराउँदै प्रतियोगिताको सुखद सुरुवात गरेको छ।

टस हारेर ब्याटिङमा उत्रिएको चेन्नइले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७८ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको गुजरातले १९.२ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो।

सुरुवाती ब्याटिङ उत्रिएको चेन्नइका ओपनर डेभोन कोन्वे एक रन बनाएर आउट हुँदा अर्का ओपनर ऋतुराज गाइक्वडले उत्कृष्ट इन्निङ्स खेल्दै ५० बलमा ९२ रन बनाए। त्यस्तै मोइन अलीले २३ रन तथा शिवम दुबेले १९ रन बनाउँदा कप्तान महेन्द्रसिंह धोन १४ रनमा अविजित रहे।

बलिङतर्फ गुजरातका लागि मोहम्मद शामी, राशिद खान र अल्जरी जोशेफले समान २ विकेट लिँदा जोस लिट्टलले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको गुजरातका ओपनर शुभमन गिलले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ६३ रन बनाउँदा विजय शंकरले २७ रन बनाए। त्यस्तै ऋद्दिमान साहले २५ रन बनाउँदा साइ सुदर्शन २२ रन बनाएर आउट भए। राहुल तेवातिया १५ र राशिद खान १० रनमा अविजित रहे।

चेन्नइका लागि राजवर्धन हङगरगेकरले सर्वाधिक ३ विकेट लिँदा तुसारदेश पाण्डे र रवीन्द्र जडेजाले समान १ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell