PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

आज बाहिर घुम्न निस्किँदै हुनुहुन्छ? छाता बोक्न नबिर्सनुहोला!



पहिलोपोस्ट

आज बाहिर घुम्न निस्किँदै हुनुहुन्छ? छाता बोक्न नबिर्सनुहोला!

काठमाडौं : हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको छ। सो मौसमी प्रणालीका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा, कोसी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

शनिवार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। कोसी प्रदेश, वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

शनिवार राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell