PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

युवाहरुले अब विद्रोह गर्नुपर्छ : वर्तौला



पहिलोपोस्ट

युवाहरुले अब विद्रोह गर्नुपर्छ : वर्तौला

काठमाडौं : राप्रपा नेपालका महामन्त्री राजाराम वर्तौलाले विदेशीको चाकरी गर्दै खुशी पार्ने होडबाजीले गर्दा मुलुकको स्वाधिनता कमजोर भएको बताएका छन्। विस्तारवाद र साम्राज्यवादविरुद्ध लड्छु भन्नेहरु लम्पसारवादीका रुपमा रुपान्तरित भएको उल्लेख गर्दै उनले विदेशी इशारामा चल्ने कठपुतलीहरुबाट नेपालको हित नहुने दाबी गरे।

नेपाली युवाहरुलाई खाडीमा रगत पसिना बगाउन बाध्य बनाउनेहरु परिवर्तनको नारा उछाल्नेहरु नै भएको जनाउँदै उनले युवाहरुले भ्रष्टाचार, बेरोजगारी र कुशासनको विरुद्धमा विद्रोह गर्नुपर्नेमा जोड दिए। राप्रपा नेपाल निकट मजदुर संगठनको भक्तपुरमा आयोजित अन्तरक्रियामा बोल्दै बर्तौलाले श्रम गर्ने वास्तविक श्रमिकहरुको हकहितको पक्षमा काम गर्ने मजदुर संगठनको रुपमा ट्रेड युनियन महासंघ नेपाल (टुकोन) को उदय भएकोले सम्पूर्ण श्रमिक वर्गलाई टुकोनसँग आवद्ध हुन आग्रह गरे। टुकोनका अध्यक्ष हिक्मतजंग भण्डारीले वास्तविक श्रमिकहरुलाई टुकोनसँग जोड्ने अभियानलाई सबै क्षेत्रमा पुर्‍याउन संगठन कृयाशिल हुने प्रतिबद्धता ब्यक्त गरे।

टुकोनका उपाध्यक्ष राजेन्द्र लाखाको सभापतित्वमा सम्मन्न  कार्यक्रममा भक्तपुरबाट टुकोनको केन्द्रीय सचिव पदमा मनोनित सन्ध्या वासुकला, केन्द्रीय सदस्य बुद्धीबहादुर माकजु (सानु), नेपाल निर्माण श्रमिक संघका अध्यक्ष राजु माथ्याजु, नेपाल स्वास्थ्यकर्मी श्रमिक संघका अध्यक्ष डा. विनोद ख्याजु, नेपाल धार्मिक श्रमिक संघका अध्यक्ष हरिशरण त्वाती, नेपाल यातायात श्रमिक संघका अध्यक्ष साधुराम खाइजु, नेपाल ब्युटीपार्लर श्रमिक संघका जिल्ला अध्यक्ष तिर्थ नागाजु लगायतलाई जिम्मेवारी पत्र समेत हस्तान्तरण गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell