इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न पहिलो खेलमा कोलकत्ता नाइटराइडर्सलाई हराउँदै पञ्जाब किंग्सले सुखद सुरुवात गरेको छ। चण्डीगढस्थित बिन्द्रस्टेडीयममा सम्पन्न वर्षादले अवरुद्ध भएको खेलमा पञ्जाले डीएलएस मेथडबाट कोलकत्तामाथि ७ रनको जित निकाल्दै सुखद सुरुवात गरेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको कोलकत्ताले १७ ओभरको समाप्तीमामा ७ विकेट गुमाएर १४६ रन बनाएको अवस्थामा वर्षादले खेल अवरुद्ध गर्दा पञ्जाबले डीएलएस मेथडबाट जित निकालेको हो।
सुरुवाती ब्याटिङ गरेको पञ्जाबका लागि भानुका राजापाक्षेले सर्वाधिक ५० रन बनाउँदा कप्तान शिखर धवनले ४०, प्रभसिमरन सिंहले २३ तथा जितेस शर्माले२१ रन बनाएका थिए। त्यस्तै साम करन २६ र मोहम्मद शाहरुख खान ११ रनमा अविजित रहे।
बलिङतर्फ कोलकत्ताका टिम साउथीले सर्वाधिक २ विकेट लिँदा उमेश यादव, सुनिल नारेन र वरुण चक्रवर्तीले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको कोलकत्ताका लागि आन्द्रे रसेलले सर्वाधिक ३५ रन बनाउँदा वेङकटेस ऐयरले ३४, कप्तान नितिस रानाले २४ तथा रहमनुल्ला गुर्बाजले २२ रन बनाए।
बलिङतर्फ पञ्जाबका अस्रदीप सिंहले ३ विकेट लिँदा साम करन, नाथन इल्लिस, सिकन्दर राजा र राहुल चहरले समान १ विकेट लिए।
आजै दोस्रो खेलमा लखनउ सुपर जाइन्ट्स र देल्ली क्यापिटल्सबीचको खेल जारीछ।