PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

लिभरपुलमाथि म्यानचेस्टर सिटीको सहज जित, आर्सनलले लिड्सलाई हरायो



पहिलोपोस्ट

लिभरपुलमाथि म्यानचेस्टर सिटीको सहज जित, आर्सनलले लिड्सलाई हरायो
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा म्यानचेस्टर सिटीले लिभरपुललाई हराएको छ। इतिहाद स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली सिटीले लिभरपुलमाथि ४-१ गोलको फराकिलो जित निकालेको हो।

खेलको १७ औँ मिनेटमा डिएगो जोटाको पासमा मोहम्मद सलाहले गोल गर्दा लिभरपुलले अग्रता बनाएको थियो। तर, २७ औँ मिनेटमा ज्याक ग्रिलिसको पासमा जुलियन अल्भारेजले गोल गर्दै खेल बराबरीमा ल्याए।

पहिलो हाफ बराबरीमा रोकिएको खेलको ४६ औँ मिनेटमा केभिन डी ब्रुइनाले रियाद महरेजको पासमा गोल गर्दै सिटीलाई अग्रता दिलाए। त्यस्तै ५३ औँ मिनेटमा इल्के गुण्डोगन र ७४ औँ मिनेटमा ज्याक ग्रिलिसले गोल गर्दा सिटीले ४-१ गोलको फराकिलो जित निकाल्न सफल भयो।

त्यस्तै आजै राति सम्पन्न अर्को खेलमा लिग लिडर आर्सनलले लिड्स युनाइटेडमाथि ४-१ गोलकै जित निकाल्यो। इमिरेट्स स्टेडियममा गाब्रियल जिससले ३५ औँ मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। त्यस्तै ४७ औँ मिनेटमा बेन ह्वाइटले गोल थप्दा जिससले नै ५५ औँ मिनेटमा अर्को गोल गरे। आर्सनलका लागि चौथो गोल ग्रेनिथ साकाले ८४ औँ मिनेटमा गरे। त्यसअघि ७६ औँ मिनैटमा लिड्सका रसमस क्रिस्टेनसनले सान्त्वना गोल फर्काएका थिए।

जितसँगै २९ खेलबाट ७२ अंक जोडेको आर्सनल अंकतालिकाको शीर्षस्थानमा कायम छ भने सिटी २८ खेलबाट ६४ अंक जोडदै दोस्रो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell