PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

चर्च ब्वाईजले उचाल्यो सिमरा गोल्डकपको उपाधि



पहिलोपोस्ट

चर्च ब्वाईजले उचाल्यो सिमरा गोल्डकपको उपाधि

वीरगंज : हिमालयन शेर्पा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाईज यूनाईटेडले जगदम्बा १३ औं जीतपुरसिमरा गोल्डकपको उपाधि जितेको छ।

बाराको सिमरा रङ्गशालामा शनिवार राति भएको खेलमा उपाधिसँगै चर्च ब्वाईजले दश लाख नगद पुरस्कार र ट्रफी हात पार्‍यो। उपविजेता हिमालयन शेर्पाले पाँचलाख रुपैयाँमा चित बुझायो।

प्रतियोगितामा पहिलोपटक सहभागि चर्च ब्वाईजलाई सिमरा गोल्डकपको ट्रफी दिलाउने क्रममा कप्तान मिलन राई र आशिष चापागाँईले गोल गरेका थिए।

खेलको सुरुवातमै १० खेलाडीमा समेटिएको हिमाालयन शेर्पाले सिमराका समर्थक माझ जितका लागि अन्तिमसम्म संघर्ष गरेको थियो। खेलको छैटौं मिनेटमा हिमालयन शेर्पाका दिवस उराव रातो कार्ड खाँदै मैदानबाट बाहिरीएका थिए। शेर्पाको डि–एरिया प्रवेश गरेका चर्च ब्वाईजका रन्जित पान्द्रेलाई लडाएपछि हिमालयनका डिफेण्डर उरावलाई फिफा रेफ्रि नविन्द्र महर्जनले सिधै रातो कार्ड देखाएका थिए।

दश खेलाडीमा सीमित बने पनि चर्च ब्वाईजलाई शेर्पाले पहिलो हाफको अन्तिम सम्म कडा चुनौति दिएको थियो। खेलको ३५ औं मिनटमा मिलन राईले फ्रि किकमा गोल गर्दै टिमलाई १–० को अग्रता दिलाएका थिए। दोस्रो हाफको ईन्जुरी समयमा आशिष चापागाँईले गोल गर्दै अग्रता दोब्बर  बनाए।

विधागत पुरस्कार तर्फ पनि जीतपुरसिमरा गोल्डकपको उपाधि विजेता चर्च व्वाईजकै बर्चस्व रह्यो।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चर्च ब्वाईजका डिफेण्डर कमल श्रेष्ठ घोषित भए। उनले टिभीएस राइडर मोटरसाईकल प्राप्त गरे। प्रतियोगिताको उत्कृष्ट गोलरक्षक चर्चका युएस प्रिसो, डिफेण्डर फ्र्यांकलीन टाला, मिड फिल्डर सुवास गुरुङ र प्रशिक्षक प्रदिप हुमागाँई घोषित भए। उनीहरु सबैजनाले समान २० हजार नगद प्राप्त गरे।

प्रतियोगिताको उत्कृष्ट फरवार्ड हिमालयन शेर्पाका सुशिल राई घोषित भए। उनले २० हजार रुपैयाँ प्राप्त गरे। सर्वाधिक गोलकर्ता भरतपुर फुटबल क्लबका सुनील श्रेष्ठ घोषित भए उनले २० हजार नगद प्राप्त गरे।

प्रतियोगिताको उदयमान खेलाडी नवजनजागृती यूवा क्लब सिमराका दिलीप माझी घोषित भए। उनले नगद १५ हजार प्राप्त गरे। अनुशासित टिमको ट्रफी हेटौंडाको मकवानपुर ११ ले जित्यो।

फाइनल खेलको म्यान अफ दि म्याच चर्च ब्वाइजका डिफेण्डर फ्र्यांकलीन टाला घोषित भएका थिए।

सिमरा गोल्ड कपको हाल सम्मका उपाधि विजेता

२०७९ चर्च ब्वाइज युनाईटेड

२०७८ न्युरोड टिम एनआरटी

२०७७ संकटा क्लब

२०७५ थ्रीस्टार क्लब

२०७४ त्रीभूवन आर्मी

२०७३ संकटा क्लब

२०७२ विजय युथ क्लब हेटौंडा

२०७१ त्रिभुवन आर्मी क्लब

२०७० नव जनजागृति युवा क्लब सिमरा

२०६९ मनाङ मस्र्याङदी क्लब

२०६८ मनाङ मस्र्याङदी क्लब

२०६७ हिमालयन शेर्पा क्लब

२०६६ मजदुर सहिद स्मृति क्लब



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell