PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

रामेछापमा बलेरो दुर्घटना : एकजनाको मृत्यु, सातजना घाइते



पहिलोपोस्ट

रामेछापमा बलेरो दुर्घटना : एकजनाको मृत्यु, सातजना घाइते
प्रतिकात्मक तस्विर

काठमाडौं : रामेछापको खाँडादेवी गाउँपालिका-१ राकाथुमको बेलपोखरी डाँडा (ठुटे पिपलबोट)मा बा१६च ३८२५ नंको बलेरो जिप दुर्घटना भएको छ। 

शनिवार साँझ भएको सो दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। दुर्घटनामा मृत्यु हुनेमा खाँडादेवी-७ का ३३ वर्षीय कर्मसिंह तामाङ रहेका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिए।

उनका अनुसार सो जिप सडकबाट करिब चार सय मिटर तल खसेको थियो। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।

जिप सुनापति गाउँपालिकाको दिमीपोखरीबाट काठमाडौं आउँदै थियो। घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell