PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

दुर्गम गन्तव्यको हवाई भाडा सस्तो बनाउन नागरिक उड्डयनले थाल्यो पहल



पहिलोपोस्ट

दुर्गम गन्तव्यको हवाई भाडा सस्तो बनाउन नागरिक उड्डयनले थाल्यो पहल

काठमाडौं : नागरिक उड्डयन प्राधिकरणले आन्तरिक तर्फको उडान भाडादर समायोजन गर्ने भएको छ। प्राधिकरणले चार वर्षपछि भाडादर समायोजन गर्न लागेको हो।

प्राधिकरणले दुर्गमतर्फको भाडा घटाउन लागेको प्राधिकरणका सुचना अधिकारी ज्ञानेन्द्र भुलले बताए। यसका लागि प्राधिकरणले टोली बनाएर अध्ययन अगाडि बढाएको उनले जानकारी दिए।

दुर्गम गन्तव्यलाई हेरेर प्राधिकरणले दुई  दशक अगाडि स्थापना भएको दुर्गम क्षेत्र हवाई विकास कोषलाई पुन: संचालनमा ल्याउन पनि लागेको छ।

‘नागरिक उड्डयनन प्राधिकरण अन्तर्गत नियमावली २०५८ अनुसार दुर्गम क्षेत्र हवाई सेवा कोष पुनः संचालन गर्दै वायुसेवा कम्पनीलाई सहयोग गर्ने योजना अगाडि बढाएका छौं। यस अन्तर्गत कोषको आम्दानी प्रत्येक यात्रुबाट वायुसेवा कम्पनीले लिनेछ,’ उनले भने।

कोषलाई ७० प्रतिशत भन्दा कम यात्रु बोकेको अवस्थामा बाँकी रकम कोषबाट व्योहोर्ने नियम कार्यान्वयनमा ल्याउने योजना रहेको उनले बताए। योसँगै दुर्गम गन्तव्यमा उडान गर्ने कम्पनीलाई भन्सार शुल्कमा पनि छुटको व्यवस्था गर्न लागिएको उनले जानकारी दिए।

यसअघि 'माउन्टेन फ्लाइट' जाने विदेशी पर्यटकवापत प्रति यात्रु ४ डलर र अन्य क्षेत्रमा २ डलर कोषमा राख्ने गरिएको थियो। यसरी २५ लाख रुपैयाँ उठेको थियो। तरऽ वितरणका विषयमा विवाद भएर रोकिएको थियो।

एक दशक अगाडि नेपाल आयल निगमले विकट गन्तव्य उडान गर्ने वायुसेवा कम्पनीका लागि हवाई इन्धनमा प्रति लिटर सात रुपैयाँ छुट दिएको थियो। हाल मुलुकमा विकट गन्तब्य उडान गर्ने तारा, समीट, सीता, नेपाल वायुसेवा निगमसँग क्रमशः ३,४,२,२ वटा जहाज रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell