PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

टावर मर्मतका लागि मनकामना केबुलकार सेवा एक दिन बन्द हुने



पहिलोपोस्ट

टावर मर्मतका लागि मनकामना केबुलकार सेवा एक दिन बन्द हुने

काठमाडौं : टावर मर्मतसम्भार गर्नुपर्ने भएपछि गोरखाको मनकामना केबुलकार आगामी बुधवार बन्द हुने भएको छ। एक दिनको मर्मतसम्भार सकिए लगत्तै कम्पनीले बिहीवारबाट सेवा पुनः सुरु गर्ने योजना रहेको संचालक राजेश बाबु श्रेष्ठले बताए।

‘केबुलकार टावर नियमित मर्मतसम्भार गर्नुपर्ने भएका कारण एक दिनका लागि सेवा बन्द गर्न लागिएको हो। भक्तजन तथा यात्रुमा पर्न जाने असुविधाका लागि क्षमाप्रार्थी छौँ। बिहीवारबाटै सेवा पुनः संचालनमा आउनेछ,’ संचालक श्रेष्ठले भने।

कम्पनीले केही समयअघि एनालगबाट डिजिटल प्रणालीमा केबुलकारलाई स्तरोन्नति गरेको थियो।

केबुलकारको टावर, गोन्डोला, बुलह्‍वील लगायत उपकरण साविककै रहेको छ भने यो केबलकार नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टमसहितको केबुलकार रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell