PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

गोविन्दराज जोशीलगायत नेताहरुको कारवाही फुकुवा गर्ने कांग्रेसको निर्णय



पहिलोपोस्ट

गोविन्दराज जोशीलगायत नेताहरुको कारवाही फुकुवा गर्ने कांग्रेसको निर्णय
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसले पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी, चितवनका पूर्व जिल्ला सभापति विकास कोइरालालगायत नेताको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ। आइतवार कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए।

'७९ को निर्वाचनभन्दा पहिले बारा, चितवन र तनहुँको हकमा पुरानै क्रियाशील सदस्यता निरन्तरता हुने गरी कारवाही फुकुवा गर्ने निर्णय भएको छ,' बैठकपछि निर्णय सुनाउँदै सहमहामन्त्री पाण्डेले भने। जोशीलगायत नेताहरुलाई २०७४ सालको मध्यावधि निर्वाचनमा बागी बनेको भन्दै कारवाही गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell