काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शिक्षण अस्पताल पुगेका छन्। पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल शनिवार साँझ अस्पताल भर्ना भएका हुन्। प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिलाई स्वास्थ्य लाभको कामना गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
यसैगरी नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, पूर्वसभामुख तारानाथ रानाभाटलगायतले राष्ट्रपतिलाई भेटी स्वास्थ्य लाभको कामना गरेका छन्।
राष्ट्रपति पौडेलको उपचारमा संलग्न चिकित्सकहरुलाई उद्धृत गर्दै उनको स्वास्थ्य अवस्था हाल सुधारोन्मुख रहेको अस्पतालका प्रशासन प्रमुख बैकुण्ठप्रसाद थपलियाले जनाएका छन्।