PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

सांसद निशा डाँगीको प्रश्न : झगडा हुने प्रधानमन्त्री र सभामुखको कूर्सी कुन देशबाट आयात भएको हो?



पहिलोपोस्ट

सांसद निशा डाँगीको प्रश्न : झगडा हुने प्रधानमन्त्री र सभामुखको कूर्सी कुन देशबाट आयात भएको हो?

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले प्रधानमन्त्रीको कूर्सी कुन देशबाट आयात भएको भन्दै प्रश्न गरेकी छिन्। आइतवारको सदनमा सांसद डाँगीले तुथपिकदेखि ट्वाइलेट पेपरसम्म देशमा आयात भएको उल्लेख गर्दै सांसदको कूर्सीसमेत कुन देशबाट आयात भएको भन्दै प्रश्न गरेकी छिन्।

'म सदनमा बसिरहेको कूर्सी कुन देशबाट आयात भएको हो? कि नेपालमै बनेको हो। कूर्सीका लागि जुन झगडा हुने गरेको छ प्रधानमन्त्री सभामुखको कूर्सी त्यो कुन देशबाट आयात भएको हो? डाँगीले प्रश्न गरिन्। उनले बालुवाटारदेखि सबै क्षेत्रमा कूर्सी देखि कलम नेपाली प्रयोग गर्नसमेत माग गरिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell