PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

विपद्को पूर्वतयारीबारे सरकारलाई बद्री पाण्डेको खबरदारी : छेपारोको जस्तो कथा नबनोस्



पहिलोपोस्ट

विपद्को पूर्वतयारीबारे सरकारलाई बद्री पाण्डेको खबरदारी : छेपारोको जस्तो कथा नबनोस्

काठमाडौं : नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले विपद्को पूर्वतयारीमा लाग्न सरकारलाई आग्रह गरेका छन्। आइतवार संसदको शून्य समयमा आफ्नो धारणा राख्दै पाण्डेले जनताले हरदिन विपत्तीको सामना गर्नुपरेको बताए। 'हिउँदभरी देशका विभिन्न भागमा भूकम्प साना ठुला धक्काहरु गएका छन् जसले गर्दा जनधनको क्षति भएको छ। त्यतिमात्र हैन जमिन चिराचिरा परेको छ। अब केही समयपछि हावाहुरी चल्नेछ,' पाण्डेले भने, 'रुखहरु ढल्ने छानाहरु उड्ने विपत्ति हामीले सामना गर्नुपर्नेछ। त्यसपछि मनसुन शुरु हुनेछ। भूकम्पले चिराचिरा परेको जमिन भीषण वर्षाले थप क्षति बेहोर्नुपर्नेछ। पहिरो बेहोर्नुपर्नेछ।'

यस्तो अवस्थामा सरकार छेपारोको कथा झैं बस्न नहुनेसमेत उनको भनाई थियो। 'छेपारोको जस्तो कथा रातभरि चिसो भएपछि तातोघर बनाउँछु भन्ने कथा दिनभरी तातो घाममा दिन बितेको थाह नपाउने फेरि अर्को रातमा पुग्नुपर्ने कथा नबनोस्,' उनले भने, 'सरकारले बेलैमा तयारी गरेर बनाउनुपर्न राजमार्ग बनाओस्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell