PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

आरजु देउवाको तर्फबाट संसदमा इश्वरीदेवीले राखिन् संशोधन प्रस्ताव, घिमिरे र गौतम गयल



पहिलोपोस्ट

आरजु देउवाको तर्फबाट संसदमा इश्वरीदेवीले राखिन् संशोधन प्रस्ताव, घिमिरे र गौतम गयल

काठमाडौं : नेपाली कांग्रेसकी सांसद डा आरजु देउवाको तर्फबाट इश्वरीदेवी न्यौपानेले नियमावली मस्यौदामा संशोधन प्रस्ताव राखेकी छिन्। प्रतिनिधसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन,२०७९ को दफावर छलफलमा देउवा अनुपस्थित भएपछि उनको तर्फबाट न्यौपानेले संशोधन प्रस्ताव राखेकी हुन्।

प्रधानमन्त्रीका तर्फबाट सञ्चारमन्त्री रेखा शर्माले प्रस्तुत गरेको प्रतिवेदनमा न्यौपानेको नाम राखेपछि जनता समाजवादी पार्टीका सांसदले आपत्ति जनाएका थिए। यद्यपि उपसभामुख इन्दिरा रानामगरले उनलाई बोल्न समय दिइनन्।

मानिस प्रकृतिको दास भएको उल्लेख गर्दै न्यौपानेले आरजु बिरामी भएकाले आफूले संशोधन प्रस्ताव पेश गर्न लागेको जनाइन्। 'डा आरजु राणा देउवा अचानक बिरामी भएकोले स्वास्थोपचारका लागि दिल्लीमा हुनुहुन्छ। उहाँले सदनमा संशोधन प्रस्ताव राख्नुभएको थियो। त्यही प्रस्तुत गर्न म यहाँ उपस्थित छु,' न्यौपानेले भनिन्।

न्यौपानेले संशोधन प्रस्ताव प्रस्तुत गर्नुअघि उपसभामुख रानाले कांग्रेसका प्रतिमा गौतम र श्यामकुमार घिमिरेलाई रोस्टममा बोलाएका थिए। तर दुबै सांसद संशोधन प्रस्ताव प्रस्तुत गर्न रोस्टम उक्लेनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell