PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

सदनमा नेमप्लेटसहितको सिट मिलाउन घर्तीको प्रस्ताव



पहिलोपोस्ट

सदनमा नेमप्लेटसहितको सिट मिलाउन घर्तीको प्रस्ताव

काठमाडौं : सांसद पूर्णबहादुर घर्तीले प्रतिनिधि सभाको सांसदलाई नेमप्लेटसहितको सिट मिलाउन प्रस्ताव राखेका छन्।  प्रतिनिधसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन,२०७९ को दफावर छलफलमा सांसद घर्तीले सिट प्लानिङ मिलाएर नेमप्लेट राख्न प्रस्ताव राखेका हुन्।

यसले संसद व्यवस्थित हुनेसमेत उनको भनाई थियो। 'बसेका सांसद पनि उस्तै नबसेका सांसद पनि उस्तै। बस्ने क्रममा प्रदेशमा सांसदको नेमप्लेट राखेका हुन्छन्। बस्ने सिट नेमप्लेटसहित भएमा सबैलाई प्रष्ट पनि हुन्छ, नियमावलीमै उल्लेख गरेमा राम्रो होला,' घर्तीले प्रस्ताव राखे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell