बलिउड फिल्म ‘पठान’ हिट भएसँगै शाहरुख खान र दीपिका पादुकोण फेरि एकसाथ देखिने भएका छन। उनीहरु फिल्म ‘जवान’मा सहकार्य गर्न लागेका हुन्।
शाहरुखले ‘जवान’को एक्सन दृश्यहरुको सुटिङ पूरा गरिसकेका छन्। साथै अप्रिल महिनाभरि निर्माण टिमले दुईवटा गीतहरुको छायाङ्कनको काम पूरा गर्नेछ। जसमध्ये पहिलो गीतमा शाहरुख र नयनताराले मुम्बईमा अप्रिलको पहिलो साता सुटिङ सुरु गर्नेछन्। जुन गीतलाई अनिरुद्धले रचना गरेका हुन्।
पहिलो गीतको छायाङ्कन सकिएपछि दोस्रो गीतमा शाहरुख र दीपिकाले एकसाथ काम गर्ने बताइएको छ। जुन गीतको छायाङ्कन १५ अप्रिलसम्म सम्पन्न हुने बताइएको छ। यो सँगै शाहरुख र दीपिकाको रोमान्टिक केमेस्ट्रीलाई दर्शकले पुन: हेर्न पाउने भएका छन्। यसअघि पठानको ‘बेशर्म रंग’ गीतमा शाहरुख र दीपिकाको केमेस्ट्रीलाई दर्शकले रुचाएका थिए।
हाल ‘जवान’को भीएफएक्स र पोस्टप्रोडक्सनको काम धमाधम चलिरहेको छ। २ जुन २०२३ मा प्रदर्शन हुने यो फिल्म हिन्दी, तमिल, कन्नड, मलयालम र तेलुगुसहित पाँच भाषामा रिलिज हुनेछ।
दक्षिण भारतीय फिल्म निर्देशक एटली कुमार निर्देशित यस फिल्ममा शाहरुखसँगै नयनतारा मुख्य भूमिकामा छिन्। साथै साउथ स्टार थलापति विजय भने खलपात्रको भूमिकामा देखिनेछन्। केमियो रोलमा देखिने थलापतिको भूमिका महत्वपूर्ण हुनेछ।
रेड चिल्ली प्रोडक्सन हाउसबाट बनेको फिल्मको निर्माता गौरी खान हुन्। साथै फिल्ममा सान्या मल्होत्रा, विजय सेतुपति, सुनिल ग्रोवरलगायत कलाकारको अभिनय छ।