PahiloPost

Dec 27, 2025 | १२ पुष २०८२

बुटवल-पाल्पा सडकखण्ड दैनिक ९ घण्टा बन्द हुने



पहिलोपोस्ट

बुटवल-पाल्पा सडकखण्ड दैनिक ९ घण्टा बन्द हुने

बुटवल : सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडकखण्ड दैनिक ९ घण्टा बन्द हुने भएको छ। सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणका लागि पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित रामापिथेकस पार्क नजिकै डाइभर्सन निर्माण गर्ने काम भइरहेकाले चैत २३ गतेदेखि राजमार्ग बन्द गर्न लागिएको हो।

डाइभर्सन निमार्णका क्रममा माथिबाट खुकुला ढुंगाहरु खसेर जोखिम बढेपछि मंगलवारदेखि हरेक दिन बिहान ११ बजेदेखि दिउँसो २ बजे तथा रातको १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गर्न लागिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए। आइतवार बसेको राजमार्ग सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको उनले बताए।

सिद्धबाबा क्षेत्रमा चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले सात अर्ब ३४ करोड २१ लाख रुपैयाँ रकममा सुरुङमार्गको ठेक्का पाएर काम सुरु गरिरहेको छ। अर्को सूचना जारी नभएसम्म सडक बन्द हुने बताइएको छ। एम्बुलेन्स लगायत अत्यावश्यक सवारी साधन सञ्चालनमा भने अवरोध नगर्ने निर्णय भएको छ।

बुटवल-पाल्पा सडकखण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट चट्टानसहितको पहिरो खसेर बेला-बेलामा ठूलो हानीनोक्सानी हुने गरेको छ। यसलाई पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, बागलुङ, कास्की लगायतका जिल्लामा आवतजावत गर्ने महत्वपूर्ण राजमार्गको रुपमा लिइन्छ। यही सडकमा माथिबाट खसेको पहिरोले बर्सेनि धेरैले ज्यान गुमाउनु परिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell