PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

बारा २ को उपचुनावमा लोसपाले उपेन्द्र यादवलाई सघाउने



पहिलोपोस्ट

बारा २ को उपचुनावमा लोसपाले उपेन्द्र यादवलाई सघाउने

वीरगंजः लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले बारा २ को उपचुनावमा जनता समाजवादी पार्टी नेपाल (जसपा) का उम्मेदवार उपेन्द्र यादवलाई सघाउने भएको छ।

लोसपा मधेश प्रदेश अध्यक्ष एवं पार्टीको कार्याकारिणी समिति सदस्य जितेन्द्र सोनलले यादवलाई सघाउने निर्णय भएको बताए। वरिष्ठ नेता राजेन्द्र महतोलाई उम्मेदवार बनाउने निर्णय बदल्दै लोसपाले यादवलाई सघाउने निर्णय गरेको हो।

सत्तारुढ गठबन्धनबाट जसपा अध्यक्ष यादवलाई सघाउने सहमति भएकाले निर्णय फेरिएको सोनलले बताए।

बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको हो। सप्तरीमा पराजय व्यहोरेका यादव पुनः गठबन्धनबाट उम्मेदवार हुन लागेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell