PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

कोहली र डुप्लिसिसको सानदार ब्याटिङमा बेङ्ग्लोरको जित, मुम्बई पहिलो खेलमै पराजित



पहिलोपोस्ट

कोहली र डुप्लिसिसको सानदार ब्याटिङमा बेङ्ग्लोरको जित, मुम्बई पहिलो खेलमै पराजित
Photo: IPL

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतवार सम्पन्न दोस्रो खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले मुम्बई इण्डियन्सलाई हराएको छ। चिन्नस्वामी स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली बेङ्ग्लोरले मुम्बईमाथि ८ विकेटको सहज जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले १६.२ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो।

मुम्बईका लागि अनुभवी ब्याट्सम्यानहरुले संघर्ष गरिरहँदा २० वर्षे ब्याट्सम्यान तिलक वर्माले सम्हालिएको प्रदर्शन गर्दै अविजित ८४ रन बनाए। त्यस्तै नेहल वधेराले २१ रन बनाउँदा सूर्यकुमार यादवले १५ तथा इशान किशनले १० रन बनाए। त्यस्तै अर्सद खान १५ रनमा अविजित रहे।

बलिङतर्फ बेङ्ग्लोरका करन शर्माले २ विकेट लिँदा माइकल ब्रासवेल, हर्षल पटेल, आकाशदीप, रीस टोपली र मोहम्मद सिराजले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको बेङ्ग्लोरलाई ओपनरद्वय बिराट कोहली र फाफ डुप्लिसिसले सानदार सुरुवात दिलाए। कोहलीले सर्वाधिक अविजित ८२ रन बनाए। यसक्रममा उनले ४९ बलको सामना गर्दै ६ चौका र ५ छक्का प्रहार गरे।

त्यस्तै डुप्लिसिसले ४३ बलमा ५ चौका र ६ छक्काको सहायतामा ७३ रन बनाए। ग्लेन म्याक्सवेल १२ रनमा अविजित रहे।

बलिङतर्फ मुम्बईका अर्सद खान र क्यामेरोन ग्रीनले समान १ विकेट लिए।

आइतवार नै सम्पन्न पहिलो खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादमाथि ७२ रनको जित निकालेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell