PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

म्यानचेस्टर युनाइटेडलाई हराउँदै न्युक्यासल तेस्रो स्थानमा



पहिलोपोस्ट

म्यानचेस्टर युनाइटेडलाई हराउँदै न्युक्यासल तेस्रो स्थानमा
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आइतवार बेलुका सम्पन्न खेलमा न्युक्यासल युनाइटेडले म्यानचेस्टर युनाइटेडलाई हराएको छ। सेन्ट जेम्स पार्क स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली न्युक्यासलले म्यानचेस्टरमाथि २-० गोलको जित निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा घरेलु टोलीले दुबै गोल दोस्रो हाफमा गरेको थियो। खेलको ६५ औँ मिनेटमा जोए विललकको गोलमा अग्रता बनाएको न्युक्यासलका लागि दोस्रो गोल ८८ औँ मिनेटमा कलुम विल्सनले गरेका थिए।

जितसँग न्युक्यासल अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ। आर्सनल र म्यानचेस्टर सिटीले क्रमश ७२ र ६४ अंक जोड्दै क्रमश पहिलो र दोस्रो स्थानमा रहँदा ५० अंक जोडेको न्युक्यासल तेस्रो स्थानमा उक्लिएको हो। चौथो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको पनि समान ५० अंक छ। पाँचौँ स्थानमा ४९ अंक जोडेको टोटेनहम हट्स्पर छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell