PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

चितवन २, तनहुँ १ र बारा २ मा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै



पहिलोपोस्ट

चितवन २, तनहुँ १ र बारा २ मा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै

काठमाडौं : आगामी बैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि सोमवार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ। उपनिर्वाचनका लागि शनिवार नै मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमवार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ।

निर्वाचन आयोगले तय गरेको कार्यक्रम अनुसार निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेछन्।

गत मङ्सिर ४ गतेको निर्वाचनमा निर्वाचित रवी लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुन लागेको हो। यस्तै, राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि तनहुँ निर्वाचन क्षेत्र नम्बर १ र उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित भएपछि बारा निर्वाचन क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुन लागेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell