न्यु योर्क टाइम्सले ट्विटरमा आफ्नो ‘ब्लु टिक’ गुमाएको छ। ‘भेरिफाइड’ रहन ‘ट्वीटर ब्लु’को सब्स्क्रिप्सन खरिद नगर्ने बताएको न्यु योर्क टाइम्सको ‘ब्लु टिक’ ट्वीटरले हटाएको हो।
‘ब्लु टिक’ सशुल्क सेवा ‘ट्वीटर ब्लु’को हिस्सा हुने घोषणा गरेसँगै ट्वीटरले पहिले नै ‘भेरिफाइड’ रहेका अकाउन्टहरुको ‘ब्लु टिक’ अप्रिल १ देखि हटाउन सुरु गरेको छ।
न्यु योर्क टाइम्सलगायत धेरै अन्य संस्थाहरू र सेलिब्रेटीहरूले ‘ब्लु टिक’को लागि ‘ट्वीटर ब्लु’को सब्स्क्रिप्सन खरिद नगर्ने बताएका थिए। जसले पनि इलोन मस्कलाई न्यु योर्क टाइम्पको आलोचना गर्न प्रेरित गर्यो।
‘न्यु योर्क टाइम्सको लागि वास्तविक 'ट्राजेडी' त यो हो कि उनीहरूको 'प्रोपागाण्डा' पनि त्यस्तो चाखलाग्दो छैन,’ ट्विटरका मालिक मस्कले प्लेटफर्ममा लेखेका छन्, ‘अनि, उनीहरूको 'फिड' पनि ट्विटरको पखला बराबरको छ, पढ्नै नसकिने।’
Also, their feed is the Twitter equivalent of diarrhea. It’s unreadable.
— Elon Musk (@elonmusk) April 2, 2023
They would have far more real followers if they only posted their top articles.
Same applies to all publications.
यसमा ट्वीटरबाट कुनै आधिकारिक टिप्पणी आएको छैन भने न्यु योर्क टाइम्सले पनि मस्कको टिप्पणीमा कुनै प्रतिक्रिया दिएको छैन।
ट्वीटरको नयाँ नियम अन्तर्गत आधिकारिकताको प्रमाण दिने ‘ब्लु टिक’ सब्स्क्रिप्सन खरिद नगर्ने अकाउन्टहरूबाट हट्न सुरु हुनेछ।
संस्थाहरूले सुनौलो रङ्गको ‘भेरिफिकेसन ब्याज’ पाउन मासिक एक हजार अमेरिकी डलर (१ लाख ३१ हजार रुपैयाँ) शुल्क तिर्नु पर्छ भने व्यक्तिगत अकाउन्टको हकमा ‘ब्लु टिक’को लागि मासिक ८ अमेरिकी डलर (एक हजार ५० रुपैयाँ) तिर्नु पर्छ।