PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

शिक्षण अस्पताल पुगेर उपराष्ट्रपति यादवले लिए राष्ट्रपति पौडेलको स्वास्थ्यबारे जानकारी



पहिलोपोस्ट

शिक्षण अस्पताल पुगेर उपराष्ट्रपति यादवले लिए राष्ट्रपति पौडेलको स्वास्थ्यबारे जानकारी
फाइल फोटो।

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था बुझ्न उपराष्ट्रपति रामसहाय प्रसाद यादव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्। सोमवार बिहान अस्पताल पुगेर उपराष्ट्रपति यादवले उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको उनको सचिवालयले जानकारी दिएको छ।

पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल शनिवार साँझ अस्पताल भर्ना भएका हुन्। यसअघि, आइतवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, पूर्व सभामुख तारानाथ रानाभाटलगायतले राष्ट्रपतिलाई भेटी स्वास्थ्य लाभको कामना गरेका थिए।

राष्ट्रपति पौडेलको उपचारमा संलग्न चिकित्सकहरुलाई उद्धृत गर्दै उनको स्वास्थ्य अवस्था हाल सुधारोन्मुख रहेको अस्पतालका प्रशासन प्रमुख बैकुण्ठप्रसाद थपलियाले जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell