PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

उपनिर्वाचनमा यी हुन् एमालेका उम्मेदवार



पहिलोपोस्ट

उपनिर्वाचनमा यी हुन् एमालेका उम्मेदवार

काठमाडौं : तीन निर्वाचन क्षेत्रमा आगामी बैशाख १० गते प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुँदैछ। जसको लागि सोमवार उम्मेदवारहरुले मनोनयनपत्र दर्ता गर्दैछन्।

उपनिर्वाचनका लागि नेकपा (एमाले)ले उम्मेदवारको टुंगो लगाइसकेको छ। जसअनुसार चितवन २ मा रामप्रसाद न्यौपाने उम्मेदवार रहनेछन्। यस्तै, एमालेले तनहुँ १ मा सर्वेन्द्र खनाल र बारा २ मा पुरुषोत्तम पौडेललाई उठाएको छ।

उपनिर्वाचनका लागि शनिवार नै मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमवार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ।

त मङ्सिर ४ गतेको निर्वाचनमा निर्वाचित रवी लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुन लागेको हो। यस्तै, राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि तनहुँ निर्वाचन क्षेत्र नम्बर १ र उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित भएपछि बारा निर्वाचन क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुन लागेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell