PahiloPost

Jul 8, 2024 | २५ असार २०८१

एलपी ग्यास बोकेको भारतीय ट्याङ्कर पल्टिँदा एक जनाको मृत्यु, दुई जना घाइते



रासस

एलपी ग्यास बोकेको भारतीय ट्याङ्कर पल्टिँदा एक जनाको मृत्यु, दुई जना घाइते

चितवन : पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका-४ लेवाटारमा एलपी ग्यास बोकेर गइरहेको भारतीय ट्याङ्कर पल्टिँदा एक जनाको मृत्यु भएको छ। मुग्लिनबाट काठमाडौंतर्फ जाँदै गरेको यूपी ७० डीटी ६०५५ नम्बरको ट्याङ्कर पल्टिँदा नाम, थर र ठेगाना नखुलेका पुरुषको घटनास्थलमानै मृत्यु भएको हो।

ट्याङ्करमा सवार दुई जना घाइते भएका छन्। घाइते हुनेमा भारतको वरौजी बस्ने २९ वर्षीय राम वतन ताती र अर्का एक जना रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

तातीको स्थानीय ट्रमा सेन्टर कुरिनटारमा उपचार भइरहेको छ। अर्का एक जनाको अवस्था गम्भीर रहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। पण्डितका अनुसार दुर्घटना आज बिहान ६ बजे भएको हो। ट्याङ्कर अनियन्त्रित भएर सडक छेउमा पल्टिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell