PahiloPost

Mar 11, 2026 | २७ फागुन २०८२

नागरिक उन्मुक्तिले उपनिर्वाचनमा आफ्नै उम्मेदवार उठाउने



रासस

नागरिक उन्मुक्तिले उपनिर्वाचनमा आफ्नै उम्मेदवार उठाउने

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीले आगामी बैशाख १० गते हुने उपनिर्वाचनमा तीनवटै क्षेत्रमा उम्मेदवार उठाउने भएको छ। सत्तारुढ १० दलीय गठबन्धनमा रहेको उन्मुक्ति पार्टीले अन्य कुनै दललाई पनि समर्थन नदिने जनाउँदै तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराउन लागेको हो।

सो पार्टीका नेता लक्ष्मण थारुका अनुसार बारा-२ मा रामचन्द्र चौधरी, चितवन-२ मा राजेश अधिकारी र तनहुँ-१ बाट भीम सुनारलाई पार्टीले उम्मेदवार बनाएको र आज सोमवार सबन्धित निर्वाचन कार्यालयमा उम्मेदवारी मनोनयन गरिनेछ। आगामी बैशाख १० गते हुन गइरहेको उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell