PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

चितवनमा घण्टी बजाउँदै रवि लामिछानेले दर्ता गरे उम्मेदवारी



पहिलोपोस्ट

चितवनमा घण्टी बजाउँदै रवि लामिछानेले दर्ता गरे उम्मेदवारी

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिका रवि लामिछानेले प्रतिनिधिसभा उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन्।

चितवन क्षेत्र नम्बर २ बाट उपनिर्वाचनको लागि आज बिहान निर्वाचन कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्।

पार्टीको चुनाव चिह्न घण्टी बजाउँदै केही मानिस सहित कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्।

गत मंसीरमा भएको निर्वाचनमा लामिछाने सोही क्षेत्रबाट विजयी भएका थिए। तर, नागरिकता विवादमा सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गर्ने फैसला गरेको थियो। सो क्षेत्र रिक्त भएसँगै उपनिर्वाचन हुन लागेको हो। लामिछानेले नागरिकता प्राप्त गरि उम्मेदवारी दिएका हुन्।

बैशाख १० गते चितवन, बारा र तनहुँका एक/ एक क्षेत्रमा निर्वाचन हुँदैछ।

राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँमा अर्थशास्त्री स्वर्णीम वाग्ने र बारामा पूर्वडिआइजी रमेश खरेललाई उम्मेदवार बनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell