PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

विकास बोर्डको आयोजनामा लघु चलचित्र प्रतियोगिता हुने



पहिलोपोस्ट

विकास बोर्डको आयोजनामा लघु चलचित्र प्रतियोगिता हुने

काठमाडौं : चलचित्र विकास बोर्डले लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने भएको छ। मौलिक यथार्थपरक, सन्देशमूलक, साँस्कृतिक, ऐतिहासिक, सिर्जनात्मक, कलात्मक, सामाजिक रुपान्तरण र जागरण, सचेतना, लैङ्गिक हिंसा, जातीय विभेद, कुप्रथा, राष्ट्रिय स्वाभिमान, राष्ट्रिय पहिचान र कला सँस्कृतिलाई संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यले निर्माण भएका लघु चलचित्रको प्रतियोगिता हुन लागेको हो।

प्रतियोगिताबारे बोर्डले केहि दिन अगाडि सार्वजनिक सूचना समेत निकालेको थियो। प्रतियोगितामा सहभागी हुनको लागि बोर्डबाट स्वीकृत ढाँचाको दरखास्त फारम भरी २०८० साल बैशाख १० गतेभित्र आवेदन दिनुपर्नेछ। चलचित्रकर्मीले बोर्डको कार्यालय र इमेलमार्फत आवेशन पेश गर्नुपर्नेछ।

सहभागी हुने लघु चलचित्र बढीमा ६० मिनेट समयावधिको हुनुपर्नेछ। प्रतियोगितामा सहभागी हुने चलचित्रको निर्माता नेपाली हुनुका साथै कम्तीमा ५० प्रतिशत नेपालमा नै छायांकन भएको हुनुपर्नेछ।

साथै, सूचना प्रकाशित भएको मितिले पछिल्ला तीन वर्षभित्र निर्माण भएका चलचित्रहरुले मात्र भाग लिन पाउनेछन् र ति चलचित्रहरुले चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएको हुनुपर्नेछ।

प्रतियोगितामा सहभागी भएका चलचित्रहरुमध्ये उत्कृष्ट तीन चलचित्रहरुमध्ये प्रथमले १ लाख ५० हजार, दोस्रोले १ लाख र तेस्रोले ७५ हजार रुपैयाँ पुरस्कार पाउनेछन। पुरस्कृत चलचित्रहरुलाई बोर्डले व्यावसायिक तथा गैरव्यावसायिक रुपमा आयोजना हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय चलचित्र महोत्सवहरु, विशेष प्रदर्शनीमा सहभागी हुने मौका पाउनेछन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell