PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

राष्ट्रपतिको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रिय सभाका अध्यक्ष, अर्थमन्त्रीलगायत पुगे शिक्षण अस्पताल



पहिलोपोस्ट

राष्ट्रपतिको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रिय सभाका अध्यक्ष, अर्थमन्त्रीलगायत पुगे शिक्षण अस्पताल

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिेना, अर्थमन्त्री डा प्रकाशशरण महतलगायत शिक्षण अस्पताल पुगेका छन्। सोमवार बिहान अध्यक्ष तिमिल्सेना, अर्थमन्त्री डा महत, भौतिक पूर्वाधारमन्त्री  प्रकाश ज्वालालागयत अस्पताल पुगेको राष्ट्रपतिको सचिवालयले जनायो। राष्ट्रपति पौडेल पेटमा समस्या देखिएपछि शनिवार साँझ अस्पताल भर्ना भएका हुन्।

अस्पतालमा पुगेर अध्यक्ष तथा मन्त्रीहरुले राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्य लाभको कामना गरेको राष्ट्रपतिको सचिवालयले जनायो। आजै उपराष्ट्रपति रामसहाय यादव पनि शिक्षण अस्पताल पुगेर राष्ट्रपति पौडेललाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell