PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

बेलायती गृहमन्त्रीले पाकिस्तानी मूलका बेलायती पुरुषबारे के भनिन्?



पहिलोपोस्ट

बेलायती गृहमन्त्रीले पाकिस्तानी मूलका बेलायती पुरुषबारे के भनिन्?
Photo : Getty Images

बेलायतकी गृहमन्त्री सुलेला ब्रेभम्यानले पाकिस्तानी मूलका बेलायती पुरुषप्रति गरेको टिप्पणीको अहिले आलोचना भइरहेको छ। एक टेलिभिजन अन्तर्वार्तामा उनले बेलायती पाकिस्तानी पुरुषहरुले श्वेत वर्णका युवतीहरुको फाइदा उठाएर बलात्कार गर्ने गरेको दाबी गरेकी थिइन्।

स्काइ न्यूजलाई दिएको अन्तर्वार्तामा उनले भनिन्, 'चुनौतीपूर्ण परिस्थितिमा रहेका गोरी बेलायती युवतीहरु, जसलाई फसाउन सजिलो हुन्छ। उनीहरुलाई ब्रिटिश-पाकिस्तानी पुरुषको ग्याङ्गले ड्रग्स दिने गरेको छ। उनीहरुको बलात्कार गरिन्छ र फाइदा उठाइन्छ। हामीले देखिरहेका छौं: एजेन्सी, प्रहरी र सामाजिक कार्यकर्ताहरु पनि यस्तो मामिलामा पीडितबाट टाढा भाग्ने गरेका छन्।'

प्रहरी, एजेन्सी र सामाजिक संजाललाई नश्लभेदी भनिने डर हुने हुँदा उनीहरुले पीडित युवतीको साथ दिने नगरेको सुलेलाले बताइन्। उनले ती युवतीहरुलाई कुनै पनि पक्षपातबिना न्याय दिलाउने काम प्रशासनको भएकोसमेत बताएकी छिन्।

भारतीय मूलकी सुलेलाले गत वर्ष भारतसँगको व्यापार सम्झौताका कारण बेलायतमा भारतबाट आउने मानिसको संख्या बढेको टिप्पणी गरेकी थिइन्। धेरै भारतीय आउँदा बेक्र्जिटको लक्ष्यलाई पूरा गर्न गाह्रो हुने उनले बताएकी थिइन्।

हाल बेलायतमा आप्रवासी विधेयक चर्चामा छ। आप्रवासीहरुको संख्यालाई नियन्त्रण गर्न बेलायत सरकारले नयाँ कानुन ल्याउने तयारी गरेको छ। जसमा गैरकानुनी रुपमा बेलायत आउनेहरुलाई फेरि बेलायत आउन नमिल्ने गरि 'डिपोर्ट' गरिने व्यवस्था गरिने भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell