PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

उपनिर्वाचनका लागि पर्यवेक्षक संस्थालाई आह्वान



पहिलोपोस्ट

उपनिर्वाचनका लागि पर्यवेक्षक संस्थालाई आह्वान

काठमाडौं : निर्वाचन आयोगले आगामी वैशाख १० मा हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थालाई अनुमतिका लागि निवेदन माग गरेको छ।

आयोगले आज सूचना प्रकाशन गरि पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थालाई आवश्यक कागजातसहित निवदेन दिन आग्रह गरेको हो।

निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ को अनुसूची २ बमोजिमको तोकिएको ढाँचामा सात दिनभित्र निवेदन दिन आग्रह गरिएको हो।

उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ताको कार्यक्रम सञ्चालन भइरहेको छ। आयोगको निर्णयबमोजिम चितवन निर्वाचन क्षेत्र नं. २, तनहुँ निर्वाचन क्षेत्र नं १ तथा बारा निर्वाचन क्षेत्र नं २ को उपनिर्वाचनमा हुन लागेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell