काठमाडौं : आगामी बैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको लागि नेकपा (एमाले)का तर्फबाट सर्वेन्द्र खनालले उम्मेदवारी दर्ता गरेका छन्। तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा सोमवार खनालले उम्मेदवारी दर्ता गराएका हुन्।
सो क्षेत्रमा नेपाली कांग्रेसबाट गोविन्द भट्टराई उम्मेदवार छन्। उनलाई नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को समेत समर्थन गरेको बताइएको छ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा स्वर्णिम वाग्ले पनि सो क्षेत्रमा उम्मेदवार रहेका छन्। उनी गत बिहीवार मात्र नेपाली कांग्रेस परित्याग गरी रास्वपा प्रवेश गरेका थिए।
राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुन लागेको हो।