PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

स्वर्णिमको कांग्रेस त्यागबारे विश्वप्रकाश : कविता सुनाउने क्षमता देखेर मञ्च दिएको, नाच्छु भन्दै आए



पहिलोपोस्ट

स्वर्णिमको कांग्रेस त्यागबारे विश्वप्रकाश : कविता सुनाउने क्षमता देखेर मञ्च दिएको, नाच्छु भन्दै आए
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्वर्णिम वाग्लेले विस्तारै पालो आउँछ भन्दा नपर्खेर पार्टी छाडेको आरोप लगाएका छन्। सोमवार चितवन पुगेर चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले वाग्लेमाथि उक्त आरोप लगाएका हुन्।

कांग्रेसले कविता सुनाउने क्षमता देखेर मञ्च दिँदा नाच्छु भन्दै अघि बढेकोले अहिले प्रश्न गरेर बाहिरिएको दाबी गरे। 'मित्रहरुले भर्खरै कांग्रेस छाडेकोलाई उम्मेदवार बनाउनुभएको छ रे गोविन्द भट्टराईको क्षेत्रमा,' शर्माले भने, 'कविता सुनाउने क्षमता छ रे भनेर कांग्रेसले मञ्च दियो। कांग्रेसले उहाँ गीत गाउन सक्नुहुन्छ भन्दै गर्दा गीत गाउनका लागि पनि मञ्च पनि दियो। अनि नाच्न पनि आउँछ भन्दा विस्तारै पालो आउँछ भन्दा उहाँले कांग्रेसमाथि नै प्रश्न गरेर जानुभयो। कति सुसंस्कृत ढंगले राजनीति गर्नुभयो उहाँले?

शर्माले पार्टी सभापति शेरबहादुर देउवाको बचाउ गर्दै देउवाले नै वाग्लेलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाएको बताए। 'शेरबहादुर देउवाको आलोचना गर्न पाइन्छ। राष्ट्रिय योजना आयोगको उपाध्यक्ष अस्ति भर्खर कांग्रेसले बनाउँदै गर्दा अवसर दिएन कांग्रेसले भन्दै गर्दा मित्रले के बिर्सनुहुन्न भने उनै शेरबहादुर देउवाले नियुक्त गरेका हुन्,' शर्माले भने, 'कसैको बौद्धिकतामाथि प्रश्न गर्न मिल्दैन। हामीकहाँ हुन्जेल बौद्धिक हामीलाई छाड्ने वित्तिकै अबौद्धिक भन्दिन म। तर जनताको वीचमा जान संयम अपनाउन पर्छ। तनहुँमा गोविन्द भट्टराई त्यहाँको माटोले चिनेको माटो हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell