PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

धोबीखोलाको दुर्गन्ध बिर्साउने दृश्य, फूलैफूलले सजियो करिडोर

धोबीखोलाको दुर्गन्ध बिर्साउने दृश्य, फूलैफूलले सजियो करिडोर

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : धोबीखोलाले आफ्नो अस्तित्व पूरापूर गुमाइसकेको छ। खोला अहिले नालीमा रुपान्तरित भइसकेको छ। त्यही धोबीखोलाको दायाँ बायाँको लिंकरोड भने यतिखेर फूलैफूले सजिएको छ।

दायाँ बायाँ सडक कालोपत्रे भए पनि खोलाको हालत उस्तै छ, दुर्गन्धित। तर, त्यसैसँग जोडिएको किनारामा भने सुगन्धित फूल फुलिरहेका छन्। त्यो दृश्यले भने दुर्गन्धित धोबीखोला बिर्साइदिन्छ।

दुर्गन्ध र सुगन्धको अनौठो र अमिल्दो स्वरुप देख्‍न पाइन्छ यहाँ। सुगन्ध र दुर्गन्धको युद्धमा दुर्गन्धनले नै जितिरहेको प्रतित हुन्छ। यहाँ हिँड्दा नाक छोप्नु नै पर्छ। तर, आँखा होइन। आँखा फूलतिरै तानिन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell