PahiloPost

May 25, 2026 | ११ जेठ २०८३

अनलाइनबाट ठगी गर्ने गिरोहका २४ जना पक्राउ



पहिलोपोस्ट

अनलाइनबाट ठगी गर्ने गिरोहका २४ जना पक्राउ

जनकपुरधामः अवैधरुपमा विद्युतीय कारोबारमार्फत ठगी गर्दै आएको आरोपमा २४ जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ। मधेश प्रदेशको राजधानी जनकपुरधाममा अवैधरुपमा विद्युतीय कारोबारमार्फत विभिन्न एप बनाएर नग्न तस्विर आदानप्रदान गरी सेवाग्राहीलाई ठगी गरेको एक समूहलाई जिल्ला प्रहरी कार्यालय धनुषाले नियन्त्रणमा लिएको हो। उक्त गिरोहले विभिन्न एपमार्फत पुरुष तथा महिलालाई नग्न तस्विर बनाएर ब्ल्याकमेल गर्दै आएको प्रहरीले जनाएको छ।

धनुषा प्रहरीले करिब ३५ वटा डेस्कटप कम्प्युटर, २० भन्दा बढी मोबाइललगायतका विद्युतीय उपकरणसमेत बरामद गरेको छ।

दिलाजी आइटी कम्पनीका नाममा तीन महिनाभन्दा लामो समयदेखि उक्त गिरोह सक्रिय रहेको पाइएको प्रहरीको भनाई छ।

धनुषाको सबैला घर भई जनकपुरधाम बस्दै आएकी सञ्जु साहले गिरोह चलाउँदै आएको प्रहरीको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell