PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

चेन्नइको पहिलो जित, लखनउको पहिलो हार



पहिलोपोस्ट

चेन्नइको पहिलो जित, लखनउको पहिलो हार
Photo: IPL

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा चेन्नइ सुपर किंग्सले लखनउ सुपर जायन्टमाथि जित निकालेको छ। चेन्नइस्थित एमए चिदम्बरम स्टेडियममा सम्पन्न खेलमा चेन्नइले लखनउमाथि १२ रनको जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको चेन्नइले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको लखनउ २०५ रनमा समेटियो।

चेन्नइका लागि रुतुराज गाइक्वडले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ५७ रन बनाउँदा डेभोन कोन्वेल ४७ रन बनाए। त्यस्तै शिवम दुबे र अम्बाती रायडूले २७ रन बनाउँदा मोइन अलीले १९ रन बनाए।

बलिङतर्फ मार्क वुड र रवि विश्नोइले समान ३ विकेट लिँदा आभेष खानले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको लखनउका ‌ओपनरद्वय केएल राहुल र केल मेयर्सले ७९ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात गरेका थिए। कप्तान राहुलले २० रन बनाउँदा मेयेर्सले आक्रामक ब्याटिङ गर्दै २२ बलमा ५३ रन बनाए। त्यस्तै निकोलस पुरनले ३२ रन बनाउँदा आयुस बडोनीले २३ रन बनाए।

बलिङतर्फ चेन्नइका मोइन अलीले सर्वाधिक ४ विकेट लिँदा तुसार देशपाण्डेले २ तथा मिचेल स्यान्टनरले १ विकेट लिए।

जारी आईपीएलमा दुई खेल खेल्दा चेन्नइले पहिलो जित निकालेको हो। प्रतियोगिताको उद्घाटन खेलमा चेन्नइले गुजरातसँग ५ विकेटको हार ब्यहोरेको थियो। प्रतियोगिताको सुखद सुरुवात गरेको लखनउको यो पहिलो हार हो।  आफ्नो पहिलो खेलमा लखनउले दिल्ली क्यापिटल्सलाई ५० रनले हराएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell