PahiloPost

May 25, 2026 | ११ जेठ २०८३

रवि लामिछानेको राहदानी विवाद निवेदनको सुनुवाई न्यायाधीश सिन्हाको इजलासमा



पहिलोपोस्ट

रवि लामिछानेको राहदानी विवाद निवेदनको सुनुवाई न्यायाधीश सिन्हाको इजलासमा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी विवादसँग जोडिएको मुद्दाको पेशी चढेको छ। सर्वोच्च अदालतमा न्यायाधीश अनिल कुमार सिन्हाको इजलासमा पेशी तोकिएको हो।

अधिवक्ता युवराज सफलले आइतवार अदालतमा निवदेन दिएका थिए। सोमवार निवेदन दर्तासँगै आजलाई पेशी तोकिएको थियो। रवि लामिछानेको राहदानी विवादमा महान्यायाधिवक्त कार्यालयले मुद्दा नचलाउने निर्णयविरुद्ध अधिवक्ता सफल अदालत पुगेका हुन्।

आज समय पुगेको खण्डमा निवेदनमाथि प्रारम्भिक सुनुवाई सुरु हुने छ। रवि लामिछानेको यसअघि नागरिकता विवादमा अदालतले सांसद पद खारेज गर्ने निर्णय गरेको थियो। चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित लामिछानेको पद खारेज भएपछि बैशाख १० गते उपनिर्वाचन हुँदैछ। निर्वाचनमा लामिछानेले उम्मेद्वारी दर्ता गराइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell