PahiloPost

Apr 28, 2025 | १५ बैशाख २०८२

इलन मस्कले चरा हटाएर कुकुरको तस्विरलाई किन बनाए ट्वीटरको लोगो?



पहिलोपोस्ट

इलन मस्कले चरा हटाएर कुकुरको तस्विरलाई किन बनाए ट्वीटरको लोगो?
Photo : Bitcoinist

कम्प्युटर वा ल्याप्टपबाट ट्वीटर चलाउँदै हुनुहुन्छ? यदी चलाउँदै हुनुहुन्छ भने ट्वीटरमा चराको लोगोको सट्टा कुकुरको तस्विर राखिएको याद गर्नु भयो कि नाइ?

ट्वीटरका मालिक इलन मस्कको निर्देशनमा डेक्सटपबाट ट्विटर चलाउँदा अहिले कुकुरको तस्विर देखिन थालेको हो।

मस्कले किन परिवर्तन गरे त लोगोमा भएको चरा?

ट्वीटर किन्नु अघि इलन मस्कले के नयाँ प्ल्याटफर्म आवश्यक छ भनेर ट्वीटरमै सोधेका थिए। जसमा एक प्रयोगकर्ताले ट्वीटर किन्न भनेका थिए। उनले ट्वीटर किनेपछि चराको तस्विर हटाएर कुकुरको तस्विर राख्न पनि सुझाएका थिए। जसमा रिप्लाई गर्दै मस्कले भनेका थिए : हा हा ! ड्याट उल्ड सिक।

मस्कले भने सोही कुराकानीको स्क्रिनसट राखेर आफूले वाचा पूरा गरेको बताएका छन्।

अहिले ट्वीटरको लोगोमा देखिएको कुकुरको तस्विर एक क्रिप्टोकरेन्सीको फोटो हो। त्यसैले गर्दा यसको मूल्यमा पनि उच्च वृद्धि भएको छ। हाल प्रयोग भएको क्रिप्टोकरेन्सी मस्कलाई मन पर्ने डजक्वाइन क्रिप्टोकरेन्सीबाट लिइएको हो।

ट्‍वीटरको लोगो परिवर्तन हुने बित्तिकै प्रयोगकर्ताहरूले भने त्यसलाई ठट्टाको विषय बनाएका छन्। केहीले भने मस्कको यो कदमको आलोचना गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell