PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

मुस्ताङमा 'दुई कदम' को छायांकन हुँदै



पहिलोपोस्ट

मुस्ताङमा 'दुई कदम' को छायांकन हुँदै

काठमाडौं : उदय सुब्बाको निर्देशन रहेको फिल्म ‘दुई कदम’ को यतिखेर मुस्ताङमा छायांकन भइरहेको छ। चैत्र १६ गतेबाट सुटिङ सुरु भएको फिल्मको छायांकन धनकुटा, तेह्रथुम, इलाम, झापा र धरानमा पनि हुनेछ।

यस फिल्ममा गौरव पहारी, बुद्धि तामाङ, इओन लिम्बु, सिमोन गिरी, सुनिल थापा, अर्जुन गुरुङ (भंगेरी) कविता आले मगर, बिमला लिम्बु, चन्दा दाहाल, जीवन लिम्बु लगायतका कलाकारको अभिनय छ।

दयाराम घिमिरेको कथा रहेको फिल्ममा तारा देवी लिम्बुको निर्माण रहेको छ। अजम्बरी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको फिल्मको भदौ महिना प्रदर्शन गर्ने योजना रहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell