PahiloPost

May 25, 2026 | ११ जेठ २०८३

‘ब्रह्मास्त्र २’ र ‘ब्रह्मास्त्र ३’ को रिलिज कहिले हुन्छ?



पहिलोपोस्ट

‘ब्रह्मास्त्र २’ र ‘ब्रह्मास्त्र ३’ को रिलिज कहिले हुन्छ?

रणवीर कपुर र आलिया भट्ट अभिनित बलिउड ‘ब्रह्मास्त्र: पार्ट वान-शिवा’ बक्सअफिसमा सफल भएको थियो। ४ अर्ब २९ करोड भारतीय रुपैयाँ कमाउँदै यो फिल्म सन् २०२२ कै बढी कमाउने गर्ने हिन्दी फिल्म बन्न सफल भयो।

‘ब्रह्मास्त्र’ हिट भएसँगै दर्शकहरु यसको सिक्वेललाई लिएर प्रतिक्षित छन। यसैबिच, निर्देशक अयान मुखर्जीले ‘ब्रह्मास्त्र’ को सिक्वेलको बारेमा जानकारी दिएका छन्। उनले ‘ब्रह्मास्त्र’ का दुईवटा सिक्वेल बनाउनुका साथै एकसाथ छायांकन गर्ने लागेको खुलासा पनि गरेका छन्।

‘ब्रह्मास्त्र’ को सिक्वेलहरुको प्रदर्शन मिति समेत घोषणा गरिएको छ। उनका अनुसार ‘ब्रह्मास्त्र २: देव’ २०२६ को डिसेम्बरमा र ‘ब्रह्मास्त्र ३’ २०२७ प्रदर्शन हुनेछ।

जसमध्ये ‘ब्रह्मास्त्र २: देव’ देव र मायाको चरित्रमा केन्द्रित हुनेछ। यस फिल्ममा दीपिका पादुकोण मायाको भूमिकामा देखिनेछिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell