PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

रवि लामिछानेको राहदानी मुद्दामा भएन सुनुवाई



पहिलोपोस्ट

रवि लामिछानेको राहदानी मुद्दामा भएन सुनुवाई

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी विवादसँग जोडिएको मुद्दाको पेशी चढे पनि आज सुनुवाई हुन सकेन। सर्वोच्च अदालतमा न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा पेशी तोकिएको थियो। पेशीलाई हेर्न नमिल्नेमा राखिएको छ।

अधिवक्ता युवराज सफलले आइतवार अदालतमा निवदेन दिएका थिए। सोमवार निवेदन दर्तासँगै आजलाई पेशी तोकिएको थियो। रवि लामिछानेको राहदानी विवादमा महान्यायाधिवक्त कार्यालयले मुद्दा नचलाउने निर्णयविरुद्ध अधिवक्ता सफल अदालत पुगेका हुन्।

रवि लामिछानेको यसअघि नागरिकता विवादमा अदालतले सांसद पद खारेज गर्ने निर्णय गरेको थियो। चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित लामिछानेको पद खारेज भएपछि वैशाख १० गते उपनिर्वाचन हुँदैछ। निर्वाचनमा लामिछानेले उम्मेद्वारी दर्ता गराइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell