PahiloPost

Sep 20, 2024 | ४ असोज २०८१

विश्वकप अघि नेपालसँग खेल्न आएको भियतनामको लक्ष्य: जित, बलियो विपक्षीसँग नेपालको रणनीति के?



पहिलोपोस्ट

विश्वकप अघि नेपालसँग खेल्न आएको भियतनामको लक्ष्य: जित, बलियो विपक्षीसँग नेपालको रणनीति के?

काठमाडौँ: यही वर्ष अस्ट्रेलिया र न्युजिल्याण्डमा फिफा महिला विश्वकप आयोजना हुँदैछ। २० जुलाईबाट सुरु भएर २० अगस्टसम्म हुने खेलमा प्रतियोगितामा ८ वटा समूहमा ४/४ टिमगरी ३२ टोलीले प्रतिस्पर्धा गर्दैछन्।

विश्वकपको समूह ‘ई’मा रहेको टोली हुन् अमेरिका, नेदरल्याण्ड्स, पोर्चुगल र भियतनाम। विश्वकपअघि भने महिला टोलीहरुले पेरिस ओलम्पिक २०२४ को छनोट खेल्दैछन्।

जसअन्तर्गत विश्वकपको तयारीमा रहेको भियतनामको टोली नेपाल आउँदैछ। चैत २२ र २५ गते नेपाल र भियतनामबिच दशरथ रंगशालामा खेल हुनेछ।

पहिलो पटक फिफा विश्वकपमा पुगेको टोली भियतनामसँग नेपालले ओलम्पिक छनोट एसिया अन्तर्गत समूह ‘सी’को खेलमा प्रतिस्पर्धा गर्न लागेको हो। समूह ‘सी’मा नेपाल र भियतनामबाहेक प्यालेस्टाइन र अफगानिस्तानले पनि प्रतिस्पर्धा गर्ने तालिका रहे पनि यी दुई टोलीले नाम फिर्ता लिँदा छनोट नेपाल र भियतनामले मात्र खेल्नेछन्।

भियतनामका प्रशिक्षक माइ डुक चुङले नेपालको टोलीसँग राम्रो प्रशिस्पर्धा हुने अपेक्षा राखेको बताए।

'नेपालसँग भोलि खेल्नछौँ। यो हाम्रो लागि महत्वपूर्ण हुनेछ। विश्वकपका लागि तयारी दिनुछ। नेपाललाई सम्मान गर्ने छौँ।' उनले भने।

भियतनामी कप्तान हुयान एनहुले नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल हेरेको भन्दै नेपाली टोली राम्रो प्रतिद्वन्दी भएको बताए।

नेपालको रणनीति के?

नेपाली टोलीका प्रशिक्षक अनन्त थापाले विश्वकप खेल्न लागेको बलियो प्रतिस्पर्धी अगाडि भएको भन्दै नेपालको पनि तयारी राम्रो भएको बताए।

'हाम्रो लक्ष्य टोम 'अल्टिमेट्ली' कसरी हुन्छ दोस्रो चरणमा जाने भन्ने नै हो,' उनले भने, ' हामीसँग बलियो पक्ष साबित्रा हो। तर आक्रमणमा अमिसा, दीपा पनि छन्। उनीहरुले साबित्रालाई मार्क गर्छ भने उनीहरुले फाइदा उठाउन सक्छन्।'

नेपाली टोली फिफा वरीयतामा १००औँ स्थानमा छ भने भियतनाम ३३औँ स्थानमा छ। कुनै समय २८औँ वरीयतासम्म पुगेको भियतनाम बलियो टोली हो। अर्थात वरीयताका हिसाबले एसियाली राष्ट्रहरुमध्ये भियतनाम हाल शीर्ष पाँचमा छ।

समूह ‘सी’का प्यालेस्टाइन र अफगानिस्तानले अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले घरेलु मैदानमा भियतनामसँग दुई खेल खेल्ने भएको हो।

तर, यदि ती दुई टोलीले नाम फिर्ता नलिएको भए पनि नेपालको प्रतिस्पर्धा भियतनामसँगै हुने अनन्तको बुझाइ छ।

'दुईवटा सबैभन्दा प्रतिस्पर्धा भियतनामसँगै हुन्थ्यो जस्तो लाग्छ। नेपाली फुटबललाई माथि लैजानुछ भने बलियो टोलीसँग खेल्न आवश्यक छ,' उनले भने, 'हामीले भियतनामका खेलाडीलाई मार्क गरेका छौँ।'

प्रतियोगिताको ब्रोडकास्टिङ अधिकार एमडीएसी स्पोर्ट्स प्राइभेट लिमिटेड मार्केटिङ र ब्रोडकास्टिङको अधिकार पाएको एन्फाले जनाएको छ।

प्रतियोगिताको अनुमानित लागत ४३ लाख रहेको छ। खेलहरुका लागि टिकट दर भीआईपीतर्फ एक हजार र साधारणतर्फ ३ सय रुपैयाँ तोकिएको छ।

नेपाली टोली

गोलकिपर : अन्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर, उषा नाथ

डिफेन्डर : समीक्षा घिमिरे, हिरा कुमारी भुजेल, अमृता जैशी, विमला विक, निशा थोकर, पूजा राना, सिर्जना चेम्जोङ

मिडफिल्डर : रेणुका नगरकोटे, विमला चौधरी, सरु लिम्बु, दीपा शाही, सविता राना मगर, अनिता बस्नेत, अनिता केसी

फरवार्ड : अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, निर्मला विक



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell