PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

सत्ता गठबन्धनका शीर्ष नेताको आह्वान : आधिकारिक उम्मेदवारलाई जिताउन लागौं



पहिलोपोस्ट

सत्ता गठबन्धनका शीर्ष नेताको आह्वान : आधिकारिक उम्मेदवारलाई जिताउन लागौं

काठमाडौं : सत्ता गठबन्धनका शीर्ष नेताहरुले उपनिर्वाचनमा गठबन्धनका आधिकारिक उम्मेदवारहरुलाई जिताउन लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। गठबन्धनमा रहेका पाँच दलले विज्ञप्ति जारी गर्दै उम्मेदवारहरुलाई जिताउन आह्वान गरेका हुन्।

बैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा गठबन्धनबाट तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ बाट कांग्रेसकै श्री जीतनारायण श्रेष्ठ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ बाट जनता समाजवादी पार्टी, नेपालका उपेन्द्र यादव उम्मेदवारी छन्। यद्यपि, सत्ता गठबन्धनमै रहेका केही दलले पनि उम्मेदवारी दिएका छन्।

आज प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी  बनाउन लाग्न भनेका हुन्।

उनीहरुले निर्वाचनलाई परिणाममुखी बनाउन गठबन्धन दलका पार्टी पंक्ति एकीकृत रुपमा परिचालित हुन आवश्यक रहेको बताएका छन्।     

'यसर्थ, गठबन्धन दलका पार्टीका सदस्य, भ्रातृ एवं शुभेच्छुक संघ, संस्था÷संगठनका साथीहरु तथा शुभचिन्तक सबैको सक्रिय योगदानका लागि आवश्यक समन्वयकारी भूमिका निर्वाह गर्न तथा गठबन्धनमा रहेका दलको सम्बन्धित प्रदेश, जिल्ला र उपनिर्वाचन हुने प्रतिनिधिसभा क्षेत्रसँग आवश्यक समन्वय गरी गठबन्धन दलका उम्मेदवारलाई अत्यधिक मतका साथ विजयी बनाउन आआफ्नो तहबाट सम्पूर्ण पार्टी पंक्तिलाई व्यापक परिचालन गर्नु गराउनु हुन हार्दिक आह्वान गर्दछौं,' शीर्ग नेतृत्वबाट जारी विज्ञप्तीम उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell