PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

गुजरातको ब्याकटूब्याक जित, दिल्ली फेरि पराजित



पहिलोपोस्ट

गुजरातको ब्याकटूब्याक जित, दिल्ली फेरि पराजित
Photo: IPL

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा गुजरात टाइटन्सले दिल्ली क्यापिटल्सलाई हराएको छ। दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा सम्पन्न खेलमा गुजरातले घरेलु टोलीलाई ६ विकेटले हराएको हो।

टस हारेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको गुजरातको ब्याटिङमा साइ सुदर्सन र डेभिड मिलर चम्किँदा १८.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्न सफल भयो।

सुरुवाती ब्याटिङ गरेको दिल्लीका लागि कप्तान डेभिड वार्नरले सर्वाधिक ३७, अक्षर पटेलले ३६, सर्फराज खानले ३० रन तथा अभिशेक पोरेलले २० रन बनाए। दिल्लीलाई ठूलो स्कोर खडा गर्न नदिन राशिद खान र मोहम्मद शमीले समान ३ विकेट लिँदा अल्जरी जोशेफले २ विकेट लिए।

जवाफी ब्याटिमा उत्रिएको गुजरातका लागि साइ सुदर्शनले अर्धशतकीय पारि खेल्दै सर्वाधिक अविजित ६२ रन बनाउँदा डेभिड मिलर ३१ रनमा अविजित रहे। त्यस्तै विजय शंकरले २९ रन बनाउँदा ओपनर द्वय ऋद्दिमान शाह र शुभमन गिलले समान १४ रन बनाए।

दिल्लीका लागि खलिल अहमेदले एनरिच नोर्कियाले सर्वाधिक २ विकेट लिँदा खलिल अहमेद र मिचेल मार्सले समान १ विकेट लिए।

आईपीएलको जारी सिजन लगातार दोस्रो जित निकाल्दै गुजरात तालिकाको शीर्ष स्थानमा छ भने लगातार दोस्रो खेलमा पराजय ब्यहोरेको दिल्लीले अंक जोड्न सकेको छ। अघिल्लो खेलमा गुजरातले चेन्नइ सुपर किंग्सलाई हराएको थियो भने दिल्ली लखनउ सुपर जायन्टसँग पराजित भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell