PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

म्यानहट्टन अदालतमा डोनाल्ड ट्रम्पको आत्मसमर्पण, आफू दोषी नभएको न्यायाधीश सामु गरे दाबी



पहिलोपोस्ट

म्यानहट्टन अदालतमा डोनाल्ड ट्रम्पको आत्मसमर्पण, आफू दोषी नभएको न्यायाधीश सामु गरे दाबी
Photo: AP Photo/Seth Wenig, Pool

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलवार दिउँसो म्यानहट्टन ‘क्रिमिनल कोर्ट’ (आपराधिक अदालत)मा आफूमाथि लागेका ३४ वटा आपराधिक आरोपमा आफू दोषी नभएको बताएका छन्

ट्रम्पले आत्मसमर्पण गरेपछि उनलाई प्रहरीले मंगलवार गिरफ्तार गरेको थियो। अमेरिकाको इतिहासमा यो पहिलो घटना हो जसमा पूर्व राष्ट्रपतिलाई ‘क्रिमिनल कोर्ट’मा उनीविरुद्धको अभियोगहरु सुनाइएको थियो।

ट्रम्पविरुद्ध अदालतमा मुद्दा चलिरहँदा अब उनको २०२४ को राष्ट्रपतिय निर्वाचनमा उम्मेदवारीको अभियान धरापमा परेको छ। उनले अदालतमा र जनतासामु पनि आफूमाथि लागेका आरोपहरूको सामना गर्नुपर्ने हुन्छ।

ट्रम्पले २०१६ को राष्ट्रपतिय निर्वाचनका बेला आफ्नो विवाहेतर सम्बन्ध लुकाउन एक महिलाहरूलाई पैसा दिएको अभियोग ‘प्रोसेक्युटर’हरुले लगाएका छन्। ट्रम्पले भने यसको खण्डन गर्दै आएका छन्।

ट्रम्पले ‘चुनावको समयमा मतदाताबाट आफ्ना गैरकानुनी कारोबारहरु लुकाउन आपराधिक रुपमा न्यूयोर्क व्यापार रेकर्डहरु नक्कली बनाएको’ अभियोग पत्रमा उल्लेख गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन्।

अदालतमा आफूविरुद्धको अभियोगहरु सुनेपछि ट्रम्प लगत्तै फ्लोरिडा फर्केका थिए। उनले आफ्नो मार-ए-लागो रिसोर्टमा मंगलवार साँझ आफ्ना समर्थकहरूको लागि एक कार्यक्रम आयोजना गरे।

सो कार्यक्रमलाई सम्बोधन गर्दै ट्रम्पले आफू २०२४ मा ह्वाइट हाउसको लागि पुन: उठ्दै गर्दा कसरी राजनीतिक रूपमा आफूमाथि लागेका अभियोगहरूविरुद्ध लड्ने छन् भनेर सार्वजनिक वक्तव्य दिएका थिए।

‘मैले कहिल्यै सोचेको थिइनँ कि अमेरिकामा यस्तो हुन सक्छ भनेर, अहँ पटक्कै सोचेको थिइनँ। मैले गरेको एउटै अपराध भनेको हाम्रो राष्ट्रलाई नष्ट गर्न खोज्नेहरूबाट देशलाई मैले निडरताका साथ रक्षा गरेको छु’, ट्रम्पले भने, ‘यो हाम्रो देशकै अपमान हो।’

अर्को सुनुवाई डिसेम्बरमा

अदालतको सुनुवाइको क्रममा ट्रम्पले न्यायाधीशलाई जवाफ दिएका थिए। सो क्रममा उनी स्वयंले आफू दोषी नभएको दाबी गरे।

न्यूयोर्कमा ट्रम्पको मुद्दाको अर्को व्यक्तिगत सुनुवाइको मिति हाल डिसेम्बर ४ को लागि तय गरिएको छ।

अभियोगका अतिरिक्त ट्रम्पले २०१६ मा राष्ट्रपतिमा निर्वाचित हुन मद्दत गर्ने कथित अपराध गरेको १३ पृष्ठ लामो ‘तथ्यहरूको कथन’ सामान्य भाषामा अदालतमा विस्तृत गरिएको थियो।

ट्रम्पले सामना गरिरहेका प्रत्येक आपराधिक अभियोगहरु ट्रम्प अर्गानाइजेसनको व्यापार रेकर्डमा भएका विशेष विवरण प्रविष्टिसँग सम्बन्धित छन्। ट्रम्पले व्यापार रेकर्डमा बारम्बार गलत विवरणहरु प्रविष्टि गरेको अभियोग म्यानहट्टन अभियोजकहरूले लगाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell