PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

वाग्मती प्रदेश सरकारलाई पूर्णता दिन आज निर्णायक बैठक बस्दै



पहिलोपोस्ट

वाग्मती प्रदेश सरकारलाई पूर्णता दिन आज निर्णायक बैठक बस्दै

हेटौंडा : वाग्मती प्रदेशमा सरकारलाई पूर्णता दिन आज गठबन्धन दलहरुको निर्णायक बैठक बस्दैछ। मुख्यमन्त्री शालिकराम जम्कट्टेल, संसदीय दलका नेताहरू र कार्यदलका सदस्यहरूबिच आज मन्त्रिपरिषद् पुनःगठनका लागि निर्णायक बैठक बस्न लागेको कार्यदलका सदस्य रत्न प्रसाद ढकालले जानकारी दिए।

कार्यदलका सदस्य ढकालले सरकार गठनका लागि दलहरु सहमति नजिकमा पुगेको बताउँदै आज पुनः एक पटक छलफल गरेर भोलिसम्ममा सरकारलाई पुर्णता दिने बताए। ढकालका अनुसार मुख्यमन्त्री जम्मकट्टेलले आज नेपाली कांग्रेस र नेकपा एकिकृत समाजवादीसँग छुट्टाछुट्टै छलफल गरेर भोलिसम्म मन्त्रिपरिषद् विस्तार हुने बताए।

यसअघि पाँचौपटक सम्म बसेका बैठक निष्कर्षबिहीन हुँदै टुंगिएको थियो। आज छैटौंपटक बैठक बस्न लागेको हो। नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार छाडेपछि रिक्त भएका सात मन्त्रालयको टुंगो लगाउन गएको मंगलबार ७ सदस्यीय कार्यदल गठन गरिएको थियो। तर, मन्त्रीका आकांक्षी धेरै हुँदै सरकारलाई पूर्णता दिन मुख्यमन्त्रीलाई सकस परेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell