PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

नेपालले ओलम्पिक छनोटमा बलियो भियतनामसँग प्रतिस्पर्धा गर्दै



पहिलोपोस्ट

नेपालले ओलम्पिक छनोटमा बलियो भियतनामसँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ: नेपाली फुटबल टोलीले ओलम्पिक छनोट अन्तर्गतको खेलमा बुधवार भियतनामसँग प्रतिस्पर्धा गर्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे खेल सुरु हुनेछ।

नेपाली टोलीका प्रशिक्षक अनन्त थापाले विश्वकप खेल्न लागेको बलियो प्रतिस्पर्धी अगाडि भएको भन्दै नेपालको पनि तयारी राम्रो भएको बताए।

'हाम्रो लक्ष्य टोम 'अल्टिमेट्ली' कसरी हुन्छ दोस्रो चरणमा जाने भन्ने नै हो,' उनले प्रिम्याच कन्फ्रेन्समा भने, ' हामीसँग बलियो पक्ष साबित्रा हो। तर आक्रमणमा अमिसा, दीपा पनि छन्। उनीहरुले साबित्रालाई मार्क गर्छ भने उनीहरुले फाइदा उठाउन सक्छन्।'नेपाली टोली फिफा वरीयतामा १००औँ स्थानमा छ भने भियतनाम ३३औँ स्थानमा छ। कुनै समय २८औँ वरीयतासम्म पुगेको भियतनाम बलियो टोली हो। अर्थात वरीयताका हिसाबले एसियाली राष्ट्रहरुमध्ये भियतनाम हाल शीर्ष पाँचमा छ। यही वर्ष अस्ट्रेलिया र न्युजिल्याण्डमा फिफा महिला विश्वकप आयोजना हुँदैछ। २० जुलाईबाट सुरु भएर २० अगस्टसम्म हुने खेलमा प्रतियोगितामा ८ वटा समूहमा ४/४ टिमगरी ३२ टोलीले प्रतिस्पर्धा गर्दैछन्। जसमा भियतनामले पनि सहभागिता जनाउँदै छ। भियतनाम  समूह ‘ई’मा अमेरिका, नेदरल्याण्ड्स र पोर्चुगलसँग छ।

पहिलो पटक फिफा विश्वकपमा पुगेको टोली भियतनामसँग नेपालले ओलम्पिक छनोट एसिया अन्तर्गत समूह ‘सी’को खेलमा प्रतिस्पर्धा गर्न लागेको हो। समूह ‘सी’मा नेपाल र भियतनामबाहेक प्यालेस्टाइन र अफगानिस्तानले पनि प्रतिस्पर्धा गर्ने तालिका रहे पनि यी दुई टोलीले नाम फिर्ता लिँदा छनोट नेपाल र भियतनामले मात्र खेल्नेछन्। 

खेलको प्रत्यक्ष प्रसारण एनटीभी प्लसले गर्ने आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell