PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

रवि लामिछानेको राहदानी मुद्दा न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा



पहिलोपोस्ट

रवि लामिछानेको राहदानी मुद्दा न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी विवादसँग जोडिएको मुद्दाको आज पनि पेशी चढेको छ।

सर्वोच्च अदालतमा न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा पेशी तोकिएको छ। मंगलवार पनि न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा पेशी तोकिएको थियो। तर सिन्हाले आफ्नो इजलासमा हेर्न नमिल्ने भनेका थिए।

अधिवक्ता युवराज सफलले आइतवार अदालतमा निवदेन दिएका थिए। सोमवार निवेदन दर्तासँगै आजलाई पेशी तोकिएको थियो। रवि लामिछानेको राहदानी विवादमा महान्यायाधिवक्ता कार्यालयले मुद्दा नचलाउने निर्णयविरुद्ध अधिवक्ता सफल अदालत पुगेका हुन्।

रवि लामिछानेको यसअघि नागरिकता विवादमा अदालतले सांसद पद खारेज गर्ने निर्णय गरेको थियो। चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित लामिछानेको पद खारेज भएपछि बैशाख १० गते उपनिर्वाचन हुँदैछ। निर्वाचनमा लामिछानेले उम्मेद्वारी दर्ता गराइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell